|

रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको सिरियाको डुमा सहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ।

गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन। उनीहरु बुधबार डुमामा पुग्ने बीबीसीले जनाएको छ।

अमेरिका र बेलायतले प्रमाण मेटाउने काममा सिरियालाई रुसले सहयोग गरिरहेको आरोप लगाएका छन्। तर रुसी विदेश मन्त्री सर्गेइ ल्याभरोभले आक्रमण गरिएको स्थलमा सबुत मेटाउने कुनै काम नभएको ग्यारेण्टी दिने बताएका छन्। 

डुमाका गराइएको रासायनिक आक्रमणको जवाफमा अमेरिका, बेलायत र फ्रान्सको गठबन्धनले सिरियाको रासायनिक अस्त्र भण्डारमा आक्रमण गरेका थिए। सिरिया र उसको सहयोगी रुसले रासायनिक आक्रमण नगरेको दाबी गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.