|

एअर चाइनाको विमानमा एक यात्रुले विमान परिचालिकालाई कलम देखाएर बन्धक बनाएपछि विमान हेनान प्रान्तमा आपतकालीन अवतरण गराइएको छ।

चीनको बेइजिङबाट चाङसाका लागि उडेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्नेबित्तिकै यात्रीले 'फाउन्टेन पेन' देखाइ चालक दलका सदस्यलाई धम्की दिएर बन्धक बनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। त्यसपछि विमानलाई आपतकालीन अवतरण गराईती व्यक्तिलाई नियन्त्रणमा लिइयो।

हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेकोे विमानले केही घन्टापछि फेरि उडान भरेको थियो। पक्राउ पर्ने ४१ वर्षीय व्यक्ति मानसिक रोगी भएको खुलेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.