राजनीति

प्रदेश ३ को राजधानी अन्यत्र सर्दैन : देउवा
SHARES

बैशाख ४, २०७५

    हेटौँडा : कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को राजधानी हेटौ‌ँडा नै हुने बताएका छन्। राजधानी हेटौँडा नै कायम गर्न मागसहितको ज्ञापनपत्र  बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताए। 

    हेटौँडा राजधानी  बनाउन कांग्रेस सकारात्मक रहेको भन्दै देउवाले अन्य दलसँग पनि पहल थाल्न सुझाव दिए। देउवालाई मकवानपुरका राजनीतिक एवं आर्थिक क्षेत्रको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको थियो। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त हुने आधारसहितको ज्ञापनपत्र बुझाएका थिए।

    ज्ञापनपत्र बुझाउन मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल लगायतको टोली पुगेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]