|

हेटौंडा : हेटौंडामा जारी नयाँ बर्ष शुभकामना विराट महायज्ञको चौथो दिन विश्व शान्तिका लागि दीप प्रज्वलन हुने भएको छ। महायज्ञ आयोजकले मंगलबार अपरान्ह हेटौँडा बजारका ६ स्थानमा दिप प्रज्वलन गर्ने भएको हो।

अपरान्ह ४ बजे कथावाचन सकिएपछि गोरक्षेश्वर दिव्यधामबाट शोभा यात्रा शुरु हुने र ६ स्थानमा दिप प्रज्वलन गरिने महायज्ञ मूल समारोह समितिका महासचिव हयग्रीव आचार्यले जानकारी दिए।  उनका अनुसार हेटौँडाको बुद्धचोक, हेडम्बि चोक, संगमचोक, कान्तिराजपथ चोक, भुटदेवी स्कूल चोक र अखण्ड हरिर्कितन चोकमा दिप प्रज्वलन हुनेछ। 

विश्व र देशमा शान्ति कायम होस् भन्ने उद्देश्यले बैद्धिक विधि अनुसार दीप प्रज्वलन गर्न लागेको महायज्ञ मूल समारोह समितिका संयोजक अजेयराज सुमार्गीको भनाई छ। महायज्ञ बैशाख ७ गतेसम्म संचालन हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.