|

काठमाडौं : निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ। चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।

आयल निगमको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब दुई अर्ब रुपैयाँको १८ लाख ९३ हजार किलोलिटर इन्धन आयात भएको हो। चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ। आर्थिक वर्ष २०७३ ७४ को कुल आयातको तुलनामा चालू आवको नौ महिनामा छ अर्ब १७ करोड रुपैयाँ मात्र कम इन्धन आयात भएको छ।

निगमका नायब कार्यकारी प्रबन्ध निर्देशक नागेन्द्र साहले खपत उच्च बिन्दुमा पुगेकाले आयात बढेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा एक खर्ब आठ अर्ब ९५ करोडको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात गरिएको थियो।

पछिल्ला छ वर्षमा सबैभन्दा बढी इन्धन गत आर्थिक वर्षमै आयात र खप भएको देखिन्छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनको छ। इन्धन आयातदर प्रतिस्थापन गर्न सकिए व्यापर घाटा पनि न्यून हुने विज्ञको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.