|

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी सिजनमा मुम्बई इण्डियनले पहिलो जित दर्ता गराएको छ। वाङ्खडे रंगशालामा मंगलबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ।  टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा छ विकेट गुमाउँदै २१३ रन बनायो।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९४ रन बनाँउदा इभिन लेविसले ६५ रनको योगदान दिए। बैंगलोरका लागि उमेश यादव र कोरे एन्डरसनले समान २–२ विकेट लिए।

जवाफमा २१४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित  २० ओभरमा अाठ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। बैंगलोरका कप्तान विराट कोहलीले अविजित ९२ रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। बैंगलोरलाई सस्तैमा समेट्न मुम्बईका क्रुनाल पाण्डेले तीन तथा जसप्रित बुम्राह र मिचेल म्याक्लीनाघनले २–२ विकेट लिए।

अाठ टोली सहभागी आईपीएलमा सनराइजर्स हैदरावाद अंक तालिकाे शीर्ष स्थानमा रहँदा कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा बुधबार राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.