|

काठमाडौं : सेप्टेम्बरमा बंगलादेशमा हुन लागेको साफ च्याम्पियनसिप फुटबलको ड्र बुधबार सार्वजानिक भएको छ। नेपालले समुह ए मा रहेर बंगलादेश, पाकिस्तान तथा भुटानको सामना गर्ने छ।

दक्षिण एशियाली फुटबल महासंघले ढाकामा गरेको ड्र मा समुह बी मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्। आयोजकका नाताले बंगलादेशलाई समुह ए को शीर्ष वरियतामा राखिएको थियो भने साविक विजेताका नाताले भारतलाई पहिलो वरियता दिइएको थियो।

त्यसपछि विश्व वरियतामा नेपालले तेस्रो स्थानमा राखिएको थियो। सात टोलिको सहभागिता रहने साफमा नेपालसहित भारत, आयोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या सातमा झरेको हो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन।

पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो। नेपाल प्रतियोगितामा उपाधि दाबेदार मानिएको छ। तर हरेक पटक राम्रो प्रदर्शनका बाबजुत फाइनलमा पुग्न नेपाल असफल हुँदै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.