|

काठमाडौं : पारिजात स्मृति केन्द्रले सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा बुधबार पारिजात सम्मान-२०७४ को घोषणा  गरेको छ।

जसअनुसार पारिजात सिर्जना सम्मान-२०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान- २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान-२०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान-२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिनेछ। 

साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्र परिसर म्हेपी नयाँबजारमा आयोजित कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा माननीय शिक्षामंत्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभा सदस्य रामबिर मानन्धर, प्रदेश सभा सदस्य वसन्त मानन्धर लगायतले बोलेका थिए।

पारिजात नेपाली साहित्यमा निकै परिचित नाम हो। पारिजातले लेखेको उपन्यास शिरीषको फूल निकै चर्चित उपन्यास हो।

पारिजातले २०१३ सालमा धरती पत्रिकामा आफ्नो कविता प्रकाशन गरेर आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्।

पारिजातको निधन २०५० सालमा भएको थियो। असंख्य कृति लेखेको भएपनि शिरीषको फूल उनको सबैभन्दा चर्चित उपन्यास हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.