|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच प्रत्यक्ष वार्ताको वातावरण बन्दै गएको छ।

विश्वका दुई ठूला दुष्मन जस्तै भएका यी दुई शक्ति राष्ट्रका प्रमुख बीच केही महिनाभित्रै भेटेर छलफल गर्ने गरी तयारीका काम भइरहेका छन्। ट्रम्प र किमको भेटको वातावरण बनाउन अमेरिकी जासुसी संस्था सिआइएका प्रमुख माइक पोम्पियो केहीदिन पहिले उत्तर कोरिया पुगेको खबर सार्वजनिक भएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उनसँगको वार्ता फलदायी हुने तथा समाधानतर्फ अगाडि बढ्ने नदेखिए आफू वार्तालाई बीचमै छोडेर हिँड्ने बताएका छन्।

उनले भनेका छन्, 'मैले पहिले पनि भनेको छु निशस्त्रिकरणलाई पूर्ण रुपमा लागु गर्ने र यसको प्रमाण दिने तथा पछि परिवर्तन नगर्ने हो भने उत्तर कोरिया र दुनियाका लागि राम्रो भविष्य हुनेछ।'

जापानी प्रधानमन्त्री सिन्जो आवेसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले परमाणु निसस्त्रीकरण गर्ने विषयमा उत्तर कोरियालाई अत्यधिक दबाब दिन आफू तयार रहेको बताएका हुन्।

ट्रम्पलाई भेट्न अमेरिका पुगेका आवेसँगको भेटमा उक्त कुरा बाहिर आएको हो।

पोम्पियोले किम जोङ उनसँग भेटेको र राम्रो कुराकानी भएको बताइएको छ। उनको उत्तर कोरिया यात्रापछि ट्रम्प र किमबीच जून महिनामासम्म भेट हुने बताइएको छ। बैठक स्थलबारे भने अझै निश्चित भएको छैन।

दक्षिण कोरियाले ट्रम्प र किमबीच भेट गराउन पहल गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.