|

काठमाडौं : सरकारले मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ।

मधेस आन्दोलनका क्रममा घाइते भई बिभिन्न अस्पतालमा उपचाररत घाइतेको उपचार खर्च बापतको रकम १ करोड ४० लाख रुपैयाँ ब्यहोर्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

त्यस्तै सरकारले उच्च अदालत स्थापना भएका सबै शहरहरुमा उच्च सरकारी वकिलको कार्यालय पनि राख्ने निर्णय गरेको छ। सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.