|

काठमाडौं : हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन्।

बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए(नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानलाई दुवै पक्षले उल्लघंन गरेका छन्।

२०७२ माघ १ गतेदेखि २०७५ पुस मसान्तसम्मका लागि सेनाको हाई एनर्जी बिस्कुट खरिदको जिम्मा चौधरी ग्रुपअन्तर्गतको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालिले पाएको छ। त्यस्तै, सेनाले करिब १७ करोड रुपैयाँ बराबरको कन्डेन्स मिल्क पनि चौधरी ग्रुपअन्तर्गतकै हेटौंडा इन्डस्ट्रिज प्रालिबाट खरिद गर्दै आएको छ।

बिस्कुट र दूधको गुणस्तर सेनाले मापन नगराइ आफ्ना जनशक्तिलाई उपलब्ध गराउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.