|

बाग्लुङ : चौँरीपालक किसानको मूल्य अस्रोत मानिने आलो रगत पिउने मेला मुस्ताङको थासाङमा सुरु भएको छ। चौँरीगाईको रगत पिउन स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले मेला नै आयोजन गरेर रगत पिउने व्यवस्था मिलाइएको हो। मुस्ताङको थासाङ गाँउपालिका २ कावाङमा सुरु भएको चौँरी मेलाबाट कृषकले २० लाख भन्दा बढी आम्दानी गर्ने जनाईको छ।

उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी खाएर हुर्कने चौँरीगाईको रगत पिउँदा विभिन्न रोग निको हुने विश्वासका कारण आलो रगत पिउन मानिसको भीड लागेको  थासाङ गाँउपालिका २ का वडा सदस्य मनप्रसाद गौचनले जानकारी दिए।  चौँरीगाईको घाँटीमा सानो प्वाल पारी रगत निकालेर मानिसले पिँउन गर्छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.