|

श्रीलंकामा खडेरीका कारण लाखौं मानिस प्रभावित भएका छन्। विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानीको समस्या भएको छ। खडेरीका कारण बाली लगाउन नपाएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

देशको उत्तरी, उत्तरपश्चिमी र पूर्वी क्षेत्रमा रहेका दश जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ। खडेरीका कारण उत्तरपश्चिमी प्रान्तको पुताला जिल्लाका दुई लाखभन्दा बढी व्यक्तिले खानेपानीको चरम अभाव ब्यहोरेका छन्। उक्त क्षेत्रमा लगाइएका तरकारी र अन्य बालीसमेत सुकेका छन्।

देशको दक्षिणी, मध्य तथा पश्चिमी भूभागमा भने केही समय यता बर्षा भएकाले किसानले राहतको अनुभूति गरेको श्रीलंका सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.