|

अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ। त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन्।

राजा मस्वातीले देशको नाम बदलेर ‘द किंगडम अफ इस्वातिनी’ राखिएको घोषणा गरेका छन्। देश स्वतन्त्रताको ५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा राजाले देशको नाम बदलिएको अप्रत्याशित घोषणा गरेका हुन्।

इस्वातिनीको अर्थ स्वाजीहरुको भूमि भन्ने हो। राजा मस्वातीले देशको नाम परिवर्तनको घोषणा अहिले गरे पनि उनी यसअघि नै स्वाजील्याण्डलाई इस्वातिनी नै भन्ने गर्दथे। सन् २०१७ मा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा, सन् २०१४ मा संसदको उद्घाटन गर्दा पनि उनले यही नामले सम्बोधन गरेका थिए।

देशको नाम फेरिएकामा रुष्ट बनेकाहरु भने राजाको ध्यान देशको नाम फेर्नेतिर भन्दा मुलुकवासीको विकास र सम्मृद्धिमा जानुपर्ने टिप्पणी गरेका छन्। सोभुजा द्वितीयका छोरा राजा मस्वातीका १५ वटी श्रीमती छन् । बेलायत अधिनस्थ यो मुलुक सन् १९६८ मा स्वतन्त्र भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.