|

विराटनगर : विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ। 

को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.