|

बुटवल : दुई सय वर्ष अघि अंग्रेजहरूलाई पराजित गरेको खुशीयालीमा बुटवलको जितगढीमा सलामी अर्पणसहित विजय उत्सव मनाइएको छ।

दुई सय वर्ष अघि नेपाली सेनाले अंग्रेजहरूलाई पराजित गरेको सम्झनामा जितगढी किल्लामै नेपाली सेनाले सलामी अर्पण गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उजिरसिंहको शालिकका माल्यापर्ण गर्दै झण्डोत्तोलन गरेका थिए।

त्यसअघि बुटवल उपमहानगरपालिकाले विजय र्‍याली निकालेको थियो। र्‍यालीमा नेपाली सेना, बुटवलबासी, ब्रह्मकुमारीलगायतको सहभागिता रहेको थियो।

जितगढीमा आयोजित मूल समारोहमा मुख्यमन्त्री पोखरेलले जितगढी किल्लालाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्नका लागि प्रदेश सरकारले योजनाबद्ध हिसाबले काम गर्ने बताए।

उनले बुटवल उपमहानगरपालिकाले यसको अगुवाई गर्नुपर्ने बताउँदै त्यसमा प्रदेश सरकारको साथ रहने भनाइ राखे।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढीको विकास र संरक्षणका लागि उपमहानगरले योजना निर्माण गरिसकेको र त्यसैअनुसार काम अघि बढाउने बताए।

बुटवल उपमहानगरपालिकाले यो वर्षदेखि हरेक वर्ष बैशाख ७ गते जितगढी उत्सव मनाउने निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.