|

काठमाडौं : गजलकार डा. प्रदीप मैनालीले ‘नसुतेको रात’ गजलसंग्रह बजारमा ल्याएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त गजलसंग्रहको लोकार्पण गरे। 
प्रेम, राजनीतिक विकृति, विसंगति, अभाव, अप्राप्ति, विद्रोहलगायत समसामयिक विषय समेटिएका सात दर्जन गजल संकलित  उक्त पुस्तकबारे समालोचक एवम् गजलकार प्रभाती किरणले टिप्पणी गरेका थिए ।

समालोचक किरणले ‘नसुतेको रात’ गजलकृतिमा सामाजिक र मानवीय जीवनका अनेक पक्षा उद्‌घाटित रहेको भन्दै कृति उत्कृष्ट रहेको बताए । कृतिमा बिम्ब, प्रतीकको सहज र स्वाभाविक प्रयोग गरिएको र गजलहरू सोझा वा अभिधात्मक नभएर लाक्षणिक र व्यञ्जनात्मक रहेका उनले बताए। उनले भने, ‘यो साँच्चिकै गजलकृति बनेको छ।’ 

मैनालीको यसअघि ‘तुलसीको पात’ गजलकृति प्रकाशित छ।

यो गजलसंग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.