|

काठमाडौ : एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा एमाले र माओवादीका शीर्ष नेतावीच बहस लब्बिँदै गर्दा एककता प्रसक्रिया अन्योलमा छ। माओवादी केन्द्रका अध्यक्षले ‘जनयुद्ध’ शब्द पार्टीको विधानमा राख्न गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक अस्वीकार गरिरहेका छन्।

माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’ शब्द विधानमै राखेर पार्टी एकता नगर्न शक्तिकेन्द्रबाट दबाब आएको आएको हुनसक्ने बताए। एमाले–माओवादीबीचको एकताको विरोधमा राष्ट्रिय अन्तराष्ट्रिय जगत् रहेको दाबी गर्दै थापाले नामै लिएर भने, ‘भारत दुई पार्टीको एकता चाहँदैन।’ माओवादी अध्यक्ष पुष्पकमल दाहादलाई एमालेको नेतृत्वले आश्वस्त पार्न नसक्नु एकता प्रक्रियाको दुर्भाय रहेको उनको भनाइ छ।

थापाले भने, ‘दाहालले पार्टीको केन्द्रीय निकायमा समान हिस्सेदारीको अवधारणा ल्याउँदा भविष्यमा पार्टी कब्जा हुन्छ कि भन्ने ओलीको चिन्ता हुनज सक्छ।’ अधिवक्ता एकराज भण्डारीले इतिहासमा खाराबाट शन्तिप्रक्रियामा आएका दाहाललाई पार्टी एकताका लागि ‘जनयुद्ध’ शब्दले नरोक्ने प्रतिक्रिया दिए।

माओवादीका पूर्वसांसद् भण्डारीले भने, ‘एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न चाहनु आफ्नो दोषको भागीदार अरुलाई बनाऊँ भन्ने दाहालको उद्देश्य हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.