|

हेटौँडा : पश्चिमी मकवानपुरको कैलाश गाउँपालिकामा शनिबार भएको आगलागीमा परी एक शिशुको मृत्यु भएको छ।

कैलाश–१ खोलाखर्कमा स्थानीय कुमार गुरुङको घरमा आगलागी हुँदा उनका ६ महिने छोरा सुजनको मृत्यु भएको हो। खान पकाउन बालेको आगो घरमा सल्किँदा अागलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आगलागीबाट लत्ताकपडा, अन्नपातलगायतका सामग्री जलेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.