|

गोरखा : जिल्ला ट्राफिक कार्यालय गोरखाले सार्वजनिक विदाको दिन अनुमति विना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ। 

गृहमन्त्रालयको निर्देशनमा प्रशासनको अनुमति विना विदाको दिन सञ्चालनमा आएका सवारीलाई नियन्त्रणमा लिइएको हो। आज (शनिबार) १० बजे सम्म मात्रै गोरखा प्रहरीले नौ वटा सवारी नियन्त्रणमा लिइसकेको छ। 

‘अनुमति पत्र नलई चलेकाहरुलाई नियन्त्रणमा लिएका छौँ’ जिल्ला ट्राफिक प्रहरीका प्रमुख दयाराम पौडेलले भने, ‘विहानदेखि अहिलेसम्म सात वटा सरकारी सवारी नियन्त्रणमा लिइसकेका छौँ । केहीले पछि अनुमति पत्र लिएर आएर लैजानु भएको छ ।’

नियन्त्रणमा आएका सवारीहरु जिल्ला प्रशासन कार्यालय देखि गाउँपालिकाहरुका छन्।  शनिबार जिल्ला अदालत, भीमसेन गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, तथ्याङ्क कार्यालय, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको मोटरसाईकलहरु नियन्त्रणमा लिइएको हो।

 जिल्ला अदालत, भीमसेन गाउँपालिका र  जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाका सवारी चालकहरुले अनुमति पत्र ल्याएर मोटरसाईकल फिर्ता लगिसकेको पौडेलले जानकारी दिए।  
 


  

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.