|

चेन्नइले शुक्रबार भएको खेलमा राजस्थानलाई ६४ रनले पराजित गर्यो। तर मैदानमा धोनीले भने केहि सरप्राइज पाए। १२ औं ओभरमा सुरेश रैना आउट भएपछि धोनी मैदानमा ब्याटिङका लागि निस्कीएका थिए। त्यहि मोकामा एक अपरिचित फ्यान दौडन्दै आएर उनको खुट समाउन पुगे। मैदानबाट आएर उनी धोनीको खुटामा ढलेका थिए। पहिला उनले धोनीको घुँडा समाए र फेरि जमीनमा बसेर उनले खुट्टा समाएका थिए।

त्यसलगतै धोनीले यि समर्थकलाई खुट्टा छुनबाट रोकेका थिए। त्यसपछि उनी ब्याटिङका लागि निस्कीएका थिए। उनीसँग केहि पाइला गफ गर्दै अघि बढेपछि उनी पछि हट्दै आफ्नो छातिमा हात समाएर भगवानलाई धन्यवाद दिएका थिए ।

धोनीका यि क्रेजी सर्मथक चेनइको टि-सर्ट लगाएर उनको लक्की नम्बर ७ लेखिएको अंकमा मैदानमा छिरेका थिए। यो परै मामिमालामा दुखको कुरा यति लामो समय कुनै फ्यान धोनीसँग आउँदापनि सेक्युरटिका कोहिपनि ब्यक्ति मैदानमा भने देखिएका थिएनन्।

नयाँ घरेलु मैदानमा वाट्सनको शतक

शेन वाटसनको १ सय ६ रनको शानदार शतकमा चन्नईले सुपर किंग्सले आफ्नो नयाँ घरेलु मैदानमा विजयका साथ आफ्नो अभियान सुरु गरेको छ । चेनईले पुणेमा खेलेको आफ्नो पहिलो खेलमा राजस्थानल रोयल्लसलाई ६४ रनले पराजित गर्यो।

चेनइले पहिलो विकेट गुमाउँदै २ सय ४ रनको शिला स्कोर बनाएको थियो । तर राजस्थान १८ ओभर ३ बलमा १ सय ४० रनमा अलआउट भएपछि चेनइले ५४ रनको सहज जित निकाल्यो। चेनइको यो चरा खेलमा तेस्रो जित हो जबकी राजस्थानको  भने पाँच खेलमा तेस्रो हार हो। जितपछि चेनइ पुन शिर्ष स्थानमा उक्लीएको छ।

राजस्थानका लागि बेन स्टोकसको ४५ रन सर्वाधिक हो। त्यस्तै जोस बटलरले २२ रन बनाउँदा कप्तान अजिंक्य रहण्ेल १६ रन बनाएका थिए।
यसअघि चेनइकालागि वाटसनले ५७ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय ६ रनको सानदार शतकिय पारी खेले । वाट्सनको यो आइपिएलमा सर्वाधिक ठुलो पारी हो। यसअघि प्रतियोगितामा क्रिस गेलले पहिलो शतक पुरा गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.