|

चितावन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लागाएका छन्। 
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायहरु माथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रस्ट भएको बताए।

‘दुई तिहाईको दम्भ देखाउँदै संवैधानिक निकायहरुलाई त्रसित पार्न खोजिएको छ, यहाँबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदै छ,’ उनले भने,  ’नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ।’ लामो संघर्ष पछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरित जान खोजेको आरोप लगाए। सबै शक्तिहरु विकेन्द्रित गर्नु पर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयाताको विरुद्ध जान खोजेको देखिएको उनले बताए।

निर्वाचनको सममया जनतालाई देखाइएको सपना अनुसार काम गर्न उनले सरकारलाई सुझाव दिए। एमाले माओवादी पार्टी एकतातर्फ केन्द्रित गर्दै नेता पौडेलले भने ‘वाम एकतामा अहिले दरार आउन खोजेको छ हाम्रो शुभकामना भनेको एकताका लागि हो।’

एक फरक प्रशंगमा बोल्दै उनले नेपाली काँग्रेसभित्र न्यायीक, निस्पक्ष र पादर्शी मूल्याङ्कन नेतृत्वले गर्न नसकेको बताए। यी कुराहरुम ध्यान दिन सकेको खण्डमा पार्टी भित्र कुनै पनि बिबाद नआउने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन पि साउद, धनराज गुरुङ्, कमला पन्त र वद्रि पाण्डे पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए। निर्वाचनमा बेहोरेको हार आत्मसाथ गर्दै गुटको अत्य गरि अघि वढ्नु पर्ने उनहरुको भनाई थियो।

आइतवारसम्म चल्ने राष्ट्रिय सम्मेलन तथा विधान अधिवेशनले संघलाई संघीय ढाँचामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने संघका केन्द्रिय अध्यक्ष जनक रावलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.