|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिस्ट क्रान्तिकारी, वामपन्थी एवं प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन्।

१४८औँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले समाजवादको आधार निर्माणका लगि एकता प्रक्रियामा आउन सबैलाई आह्वान गरेका हुन्।

एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादीका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरू सबैलाई उक्त प्रक्रियामा सहभागी हुनसमेत आग्रह गरेका छन्।

'वि‍.सं. २००६ मा लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी 'वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ,' उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धिका रूपमा सयौं वर्षको राजतन्त्रको समाप्ति र संघीय गणतन्त्र स्थापनालाई लिएका छन् । त्यसमा लागि माओवादी नेतृत्वमा भएको जनयुद्धले आधारको भूमिका खेलेको उनको भनाइ छ। उनले प्रेस विज्ञप्तिमा लेखेका छन्, 'जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो।'

अबको राजनीतिक अभिभारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयन र समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य काम भएको उनले लेखेका छन्।

पढ्नुहोस् विज्ञप्ति:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.