|

काठमाडौं : नेपाली आकाशमा आइतबार राति उल्कावर्षा देखिँदैछ। खगोलविद् सहप्राध्यापक जयन्त आचार्यले आइतबार राति एक बजेदेखि उल्का वर्षा हुने भए पनि बिहानीपख राम्रो देखिने जानकारी दिए।

'खगोलीय प्रक्रियामा उल्कावर्षा सामान्य प्रक्रिया हो’, आचार्यले भने, 'हरेक वर्ष अंग्रेजी महिना अप्रिलतिर यो घटना दोहोरिरहन्छ।’ पुच्छ्रेताराले छोडेर गएक टुक्रा खस्ने पृथ्वी घुम्ने क्रममा यो बेला उल्कावर्षा देखिने गरेको उनले बताए।

बोलीचालीमा भने उल्कावर्षालाई तारा खसेको भनिन्छ। तारा खसेको राम्रो हुँदेन भन्ने विश्वास छ। वैज्ञानिक दृष्टिले उल्का वर्षाले कुनै असर नगर्ने आचार्यले बताए। 'नियमित प्रक्रिया हो’, उनले भने, 'यसले मानव स्वास्थ्यमा हानि पुर्‍याउँदैन।'

प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने खगोलविदहरूले जानकारी दिएका छन्। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागमा बेलुकी ६ बजे टेलिस्कोपमार्फत चन्द्रमा र शुक्र तारा नियाल्ने व्यवस्था मिलाएको अध्यक्ष एवं खगोलविद् सुरेश भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.