|

काठमाडौं : वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरात्मक पुस्तक ‘आगो निभेको छैन’ को बिहीबार विमोचन भएको छ। पुस्तकमा वर्णन गरिएका दुई शहिद वोधदत्त उपाध्याय र केशव कोइरालाका श्रीमतीहरु विद्या घिमिरे र गुणकुमारी कोइरालाले संयुक्तरुपमा पुस्तकको विमोचन गरे। 

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पुस्तकको चर्चा गर्दै पुस्तक २०/३० साल यताको प्रजातान्त्रिक आन्दोलनको कथा भएको बताए। उनले भने, 'प्रजातान्त्रिक आन्दोलनको कथालार्ई नयाँ पुस्तामा हस्तान्तरण गर्न पुस्तकले सहयोग गर्छ।’

चिन्तक, नेपाली कांग्रेसका नेता प्रदिप गिरिले पुस्तकको टिप्पणी गर्दै भने, ‘ऐना हेर्नु भनेको आफूलाई जस्ताको त्यस्तै देख्नु हो। त्यसैले ऐना हेर्नु काम गाह्रो छ। ऐना हेर्नुजस्तै गाह्रो काम संस्मरण लेख्नु हो। त्यो गाह्रो काम विरहीले राम्रोसँग गर्नुभएको छ।’ 

उनले पुस्तकमा भएको वीपीको विषयको वर्णन गर्दै भने, ‘हामी धेरैले विपीलाई सर्वगुण सम्पन्न नेताको रुपमा हेर्‍यौं। त्यसैले धेरैको उहाँसँग मोहभंग भयो। विरही जीको त मोहभंग पहिलै नै भयो, हाम्रो मोहभंग भने अझै हुन सकेको छैन।’ 

नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले पुस्तकमा वर्णन गरिएको नख्खु जेलको वर्णनको प्रसंग उल्लेख गर्दै आफू जेलमा छँदाका अनुभव सुनाए। नेपाली कांग्रेसका अर्का शीर्ष नेता कृष्णप्रसाद सिटौलाले अहिले राजनीतिक नेतृत्वलाई पुस्तकले पाठ सिकाएको भन्दै यसका ज्ञान लिनुपर्ने बताएका छन्। 

पत्रकार/लेखक विजय कुमारले गाह्रो पत्रकारिताको बाटो हिँडेर आएका आएका हरिहर विरहीले रुखासुखा लाग्ने अन्तर्वार्ता विधामा परिवर्तन ल्याएको चर्चा गरे।

खक विरहीले भने, ‘यस पुस्तकमा मैले आफ्नो तस्विर उतार्ने कोसिस गरेको छु। तर त्यो तस्विरमा कुनै श्रृङ्गारपटार गर्ने, पर्फ्युम लगाउने काम मैले गरेको छैन। यो पुस्तकमा मैले देखेका, भोगेका कुराहरुको छायाँ तपाईंले पाउनु हुनेछ।’

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। यसको मूल्य ४ सय ९८ रूपैयाँ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.