स्पेनिस लालिगामा एथ्लेटिको मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ।
लिग तालिकोको दोस्रो स्थानमा रहेको मड्रिड बराबरीमा रोकिएपछि उपाधिनजिक पुगेको बार्सिलोनाको उपाधि यात्रा थप सहज भएको छ। बार्सालाई उपाधि जित्न बराबरी पनि पर्याप्त हुनेछ।
३४ खेलको समाप्तीमा एट्लेटिको मड्रिडको ७२ अंक रहेको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ८३ अंक रहेको छ। आगामी आईतबार डिर्पोटिभो लाकोरुनासँग बराबरी खेले बार्सिलोनाले ४ खेल अगावै लालिगाको उपाधि हात पार्नेछ।
आइतबार राति भएका अन्य खेलमा जिरोना स्पानियोलसँग तथा रियल सोसिडाड, मालागासँग समान २–० ले स्तब्ध भए। डिर्पोटिभो अलाभेषले लास पाल्मासलाई ४–० को फराकिलो अन्तरले पराजित गर्र्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।