|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। ललितपुरको सानेपामा स्थित केन्द्रीय कार्यालयमा जारी बैठक सोमबार बिहान देखि बसिरहेको हो।

पार्टी केन्द्रीय कार्यालय बाहिर भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूले नाराबाजी गरेका छन्।

नाराबाजी गरिरहेका विद्यार्थीहरूले नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनभित्र मनोमानी गरेको आरोप लगाएका छन्। पौडेल पक्षधर विद्यार्थी नेताहरूले सभापति शेरबहादुर देउवा समक्ष समेत आफ्ना माग राखेका थिए।

नेविसंघको महाधिवेशन गर्न माग गर्दै अहिले केन्द्रीय कार्यालय बाहिर नाराबाजी गरिरहेका छन्। नेता सिटौला पक्षधर विद्यार्थी नेता दुजाङ शेर्पाले महरको मनोमानी जारी रहे र महाधिवेशन नबोलाइए आफूहरूले समानान्तर कमिटी गठन गर्ने बताएका छन्।

गत चैत ९ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा भइरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। उनले सोमबार बिहानदेखि बसेको बैठकमा सात जनाले आफ्नो धारणा राखेको जानकारी दिए।

चैत ९ देखि १६ गतेसम्म चलेको थियो। त्यसपछि नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक आइतबार बोलाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.