|

चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ।

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्।

आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरूले जानकारी दिएका छन्।

उत्तर कोरियाको राजधानी प्योङयाङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले बताए।

उनले भने, “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ, पूर्ण विवरण आउन बाँकी नै छ।”

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस खस्दा उक्त दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.