|

बाँके : बाँके प्रहरीले नेपालगंज उपमहानगरपालिका २ का एक सुन व्यवसायीलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा एकलैनीमा सुनचाँदी पसल गर्दै गएका सोनु राईलाई प्रहरीले सुनचाँदीसहित नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गतको ब्युरोले राईले संचालन गर्दै आएको सोनु राई सुनचाँदी पसलबाट २१ किलो ६२७ ग्राम चाँदी र ४०० ग्रामका विभिन्न सुनका गरगहना नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। राईको पसलबाट प्लास्टिकमा चाँदीले बेरेको १५ थान बाला र फलाममा चाँदीले बेरेको एकथान बालासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

अवैध रूपमा सुनचाँदी पसल संचालन गरेको सूचनाका आधारमा छापा मार्दा राईले सुनचाँदी किनेको कुनै पनि विल र प्रमाण फेला नपरेको प्रहरी उपरीक्षक तामाङले जानकारी दिए। सुनचाँदी अबैध रूपमा भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.