|

काठमाडौं : फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। पुराना फिल्म निर्माता केशव भट्टराईले निर्माण गर्ने यस फिल्ममा सलिनमान बनियाँ मुख्य भूमिकामा प्रस्तुत हुनेछन्।

सम्राट शाक्यले निर्देशन गर्ने यस फिल्ममा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ।

यसै फिल्ममार्फत मल्लिका महतले पनि फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। यसमा विदेशी कलाकारहरू चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

कोटकी कालिका देवी फिल्म्स’को व्यानरमा बन्ने यस फिल्मलाई ‘जर्नी लभ स्टोरी’ भनिएको छ। फिल्ममा यात्रामा निस्केको पात्रको परिस्थितिलाई देखाइनेछ। फिल्ममा केशवसँगै मुक्ति तिम्सिना, मधु क्षेत्री र धर्मराज अधिकारी निर्माता रहेका छन्।

फिल्ममा निर्देशक सम्राटकै कथा रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन्।

फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व, शम्भुजीत बाँस्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत रहनेछ। सञ्जय लामाले खिच्ने फिल्मलाई बनीष शाहले सम्पादन गर्नेछन्।

बैशाख २५ बाट छायांकनमा जाने फिल्म असोज ५ गते प्रदर्शनमा आउने तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.