|

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा मंगलबार बिहान बस र ट्रक ठोक्किँदा २० यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। इटहरीबाट काठमाडौ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक बिहान सवा ६ बजे एकासपमा ठोक्किँदा दुर्घटना भएको हो।

बसले ओभर टेक गर्ने क्रममा ट्रकसँग ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनाका कारण अहिले सो स्थानमा सडक एकतर्फ सञ्चालनमा रहेको र दुईतर्फी सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.