|

क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाएर दश जनाको हत्या गर्ने एक संदिग्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भ्यान चालक २५ वर्षीय अलिक मिनासायन रहेको क्यायानडाका प्रहरी अधिकारीले जनाएका छन्।  टोरन्टोको योङ स्ट्रिटमा उनले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाउँदा १० जनाको ज्यान गएको र १५ घाइते भएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले जनाएको छ। 

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए। घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको र मृतकको संख्या बढ्न सक्ने अधिकारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.