|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १४ गते एकताको मिति तोक्ने गरी बैठक बस्ने बताएका छन्। अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेर १४ गतेसम्म यसलाई निष्कर्षमा पुर्‍याउने समझदारी गरेकाे बताए।

भरतपुर विमानस्थलमा म‌ंगलबार पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले एकताका लागि पुरै कोशिस भइरहेकाले बताए। अध्यक्ष दाहालले भने, ‘१४ गतेसम्म कोशिस हुन्छ मिति तोक्ने।’ सकेसम्म छिटो, मे फष्ट या फाइभमा एकता होस् भन्ने चाहना रहेको बताए। दुवै पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेकाले एकतामा अवरोध आएको प्रचण्डको भनाई थियो। ‘२/४ दिन ढिलो होस्। तर राम्रो होस् भन्ने हाम्रो चाहना छ। फेरि हतारमा एकता गरेर यो कुरापछि सल्लाह गर्नुपर्ने, भन्ने नहोस् भन्ने नै हो।’

प्रधानमन्त्री केपी ओलीको खुट्टा ताछ्ने कुराको प्रसंगमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले प्रतिकात्मक रुपमा खुट्टा ताछेर भए पनि पार्टी मिलाउनुपर्छ भन्न खोजेको पनि जिकिर गरे। सबै कुरा मिलिसकेपछि घोषणा हुने भन्दै प्रचण्डले अन्य कारणले एकतामा समस्या नभएको दावी गरे। फरक प्रसंगमा बोल्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धेरै पहिले देखिको रोकिएको जनकपुर र मुक्तिनाथ भ्रमण यसपाली हुन लागेको बताए। 

प्रधानमन्त्रीको निम्तोमा आउन लागेको भन्दै प्रचण्डले भ्रमणले बिग्रिएको सम्बन्ध सुधारका लागि सकारामक भूमिका खेल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.