|

भद्रपुर (झापा) : झापामा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा धनकुटा- ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका- १ स्थित दुर्गापुरमा पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई ना५ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो। ट्रिपरको ठक्करबाट श्रेष्ठ दम्पतीको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते भएका मृतकका १६ वर्षीय छाेरा रोशन श्रेष्ठको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। 

 ट्रिपरसहित चालक ३६ वर्षीय मोहन विमलीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.