|

काठमाडाैं : पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र विनाश हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति डा. यादवले छ लेनको हुलाकी राजमार्ग बनाउने सरकारको योजनाप्रति पनि असन्तुष्टि व्यक्त गरे।

मंगलबार काठमाडौंमा आयोजित चुरे संरक्षणसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले चुरेको तत्काल संरक्षण नगरे मुलुकको आधा जनसंख्यालाई खानेपानीको विकराल समस्या पर्ने बताए। पूर्वराष्ट्रपति यादवले पहाडमा डोजर चलाएर खेतीयोग्य जमिन मास्ने काम भएको र यसले मुलुकमा भोकमरी निम्त्याउने पनि बताए।

यादवले चालू विकासको मोडलमा परिवर्तन नभए मुलुक भयानक संकटमा फस्ने चेतावनी पनि दिए। पूर्वराष्ट्रपति यादवले पहाडमा डोजर आतंक फैलाएर चरम रूपमा वन विनाश भइरहेको भन्दै गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.