|

काठमाडौं : नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन्। नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जना नसकेको हो ।

पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन सुदृढीकरणको पक्षमा उभिएका छन् भने धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन्।

महाधिवेशनका विषयमा सदस्यहरुबीच समान धारणा बन्न नसक्दा केन्द्रीय सदस्य गगन थापासहितले शीघ्र महाधिवेशनको माग गर्दै ५१ पेज लामो धारणा बैठकमा पेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.