|

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। मंगलबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियनलाई ३१ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले १८ ओभर चार बलमा जम्मा एक सय १८ रन मात्र बनाउन सक्यो। उसका लागि युसुफ पठान र केन विलियम्सनको समान २९ रन बनाएका थिए। त्यस्तै मनिष पाण्डेले १६ र मोहम्मद नाबीको नाममा १४ रन रह्योे। बलिङतर्फ मुम्बईका मिचेल म्याकलम, हार्दिक पाण्डेय र मयंक मार्कण्डेयले समान २-२ विकेट लिए। 

जवाफी ब्याटिङ गरेको मुम्बईले १८ ओभर पाँच बल खेल्दै जम्मा ८७ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर सूर्यकुमार यादवले ३४ र कुनाल पाण्डेयको २४ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। मुम्बईलाई सस्तोमै समेट्न सनराइजर्सका सिद्धार्थ कौलले ३ तथा रसिद खान र बसिल थम्पीले समान २-२ विकेट लिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.