|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसीवाद नभई जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्। ‘केहीलाई विकास आयो भने फाँसीवाद आँउछ र अधिनायकवाद आउँछ भन्ने चिन्ता छ', अोलीले भने, 'अब फाँसीवाद होइन, जनवाद आउँदैछ। समृद्धिवाद आउँदैछ। सुखवाद आउँदैछ।’   

तीनवर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्र सुन्धारामा 'मै बनाउँछु मेरो धरहरा' अभियानअन्तर्गतको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुने तर्क गरे। 'सुशासन दिन थाल्यो भने जनता बलिया हुन्छन्। देश समृद्ध बन्छ, उनले भने ‘सत्ता बलियो हुन लाग्यो भनेर कसैले डराउनु पर्दैन।’ 

प्रधानमन्त्री अोलीले सबै जनताले खाना पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने र स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सरकार लागिपरेको बताए।

उनले भूकम्प गएको मितिले पाँच वर्षभित्र सबै संरचना पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता जनाए। भूकम्पले भत्काएका घर परम्परागत तर बलियो बनाउनुपर्ने तर्क गरे। प्रधानमन्त्री ओलीले  काठमाडौमा जग्गा अतिक्रमणको अन्त्य हुने भन्दै भूकम्पपछि खुला ठाँउहरु आवश्यक रहेको धारणा राखे।

प्रधानमन्त्री अोलीले उस्तै देखिने तर बलियो धरहरा निर्माण हुने बताए। 'भूकम्पपछि दुई पल्ट रुखका पात झरेर पलाइसके तर धरहरा अझै ढलेको ढल्यै छ', उनले भने, 'चिन्ता नगर्नुस्, हाम्रो शान, मान र स्वाभिमान फेरि उठ्छ।' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.