|

इण्डियन प्रिमियर लिगको जारी सिजनमध्येको एक टिम दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी छाडेका छन्। 

अब उनको ठाउँमा नयाँ कप्तान श्रेयस ऐयर हुनेछन्। गौतम कप्तानबाट हटेपछि श्रेयर ऐयरलाई दिइएको हो। आइपिएलका बाँकी खेलमा दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ। गम्भीरले बुधबार पत्रकार सम्मेलन गरी हारको जिम्मेवारी लिँदै कप्तानी छाडेको जानकारी दिए। ‘टिमको कमजोर अवस्थाको म जिम्मेवारी लिन्छु। मैले कप्तानी छोड्ने निर्णय गरेको छु। उनले भने, ‘अब मेरो भूमिका ऐयरले निभाउनेछन्। मलाई विश्वास छ हामीले अगाडि राम्रो गर्नेछौँ।’ 

 

नेपाली खेलाडी सन्दिपको टिम रहेको दिल्लीले अहिले सम्म खेलेका ६ खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। आठ अप्रिलमा किङ्स इलाभेन पञ्जावसँग ६ विकेटले हारेको दिल्ली ११ अप्रिलिमा राजस्थान रोयल्ससँग दश रनले हारेको थियो। त्यस्तै १४ अप्रिलमा मुम्बइलाई सात विकेटले पराजित गरेको दिल्लीले त्यसपछिका तिनै खेलमा हार व्यहोरेको थियो। 

१६ अप्रिलमा कोलकातासँग ७१ रनको लज्जास्पद हार व्यहोरेको थियो। त्यसपछि लगातार अप्रिल २१ मा रोयल च्यालेन्जर्स बैङ्लोरसँग ६ विकेट र २३ अप्रिलमा पञ्जाबसँग लो स्कोरमा चार रनले पराजित भएको थियो। लिगतालिकाको पुछारमा रहेको दिल्लीको २ अंक हुँदा किङ्स इलाभेन पञ्जाव शीर्ष स्थानमा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.