|

काठमाडौं : पत्रकार यज्ञशको पहिलो गैरआख्यान कृति ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ। पुस्तक गत भदौ १८ गते प्रकाशन भएको थियो। 

सम्मानित र सहज जीवनको खोजीका लागि भएका आन्दोलनहरूमा संलग्न महिलाहरूको कथा हो, भुइयाँ। पश्चिम कैलालीदेखि पूर्वको मोरङसम्मका १२ जना महिलाहरूको जीवन कथा यस पुस्तकमा समेटिएको छ। 

आख्यानको शैलीमा लेखिएको यस गैरआख्यान पुस्तकले गत फागुनमा पहिचानको पक्षमा लेखिएका पुस्तकलाई दिइने दुई लाख दुई हजार दुई रुपैयाँको ‘पहिचान पुरस्कार’ पनि पाएको छ। 

लेखक यज्ञशले पुस्तकले पाएको प्रशंसाबाट आफूलाई गैरआख्यान विधामा अन्य पुस्तकहरू लेख्ने ऊर्जा प्राप्त भएको बताएका छन्। सबैको ध्यान मध्यम वर्ग र शहरका कुराले मात्रै तानिरहेका बेला निम्न वर्गका मानिसहरूका संघर्ष हराउने गरेका भन्दै हाम्रो समाजलाई जीवन्त र जुझारु बनाउने कामचाहिँ यही वर्गका मानिसले गरिरहेका लेखक यज्ञशले बताए। ‘यस्ता अरू कथा पनि लेखिनु जरुरी छ’, उनले भने।

अघिल्लो संस्करणमा देखिएका गल्तीहरू सच्याएर र केही पुनर्लेखन गरी नयाँ संस्करण बजारमा ल्याएको प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.