|

काठमाडौं : दोस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार, २०७४ राजधानीमा सम्पन्न भएको छ। त्रिपुरेश्प्वरस्थित आर्मी अफिसर्स क्लबमा बिहीबार भएको उक्त कार्यक्रममा विभिन्न १२ विधामा पुरस्कार वितरण गरिएको थियो।

सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फोटो पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गरेवापत वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो।

सभामुख महराले देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा फोटो पत्रकारको योगदान महत्त्वपूर्ण रहेको बताए। उनले भने, 'हजार शब्द भन्दा कुशल पत्रकारले खिचेको एउटै फोटो बढी महत्त्वपूर्ण हुन्छ।' यस्ता कार्यक्रमले नयाँ पिँढीलाई थप ऊर्जा मिल्ने उनको भनाइ थियो।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.