|

इलाम : इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पहिलो सेमिफाइनलमा उपाधिका दाबेदार विभागीय टिम त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुँदैछन्। खेल इलामको ठूलो टुँडिखेलमा शुक्रबार अपराह्न ३ बजे सुरु हुने आयोजकले जनाएको छ।

पछिल्लो पटक यी दुई टोली चार पटक आमनेसामने भएका थिए। जसमध्ये तीन पटक सेमीफाइनलमा भेट भएको थियो। जसमा आर्मीेसँग मनाङ पराजित भएको थियो। एउटा खेलमा सेमिफाइनल प्रवेशका लागि मनाङ हावी भएको थियो।

आर्मी र मनाङको पहिलो भेट दोस्रो खप्तड गोल्डकपमा भएको थियो। जसमा आर्मी ३–१ गाले अन्तरले विजयी हुँदै फाइनलको यात्रा तय गरेको थियो। हेटौँडा गोल्डकपमा भएको दोस्रो पटकको भेटमा समेत आर्मी १–० ले विजयी बन्दै फाइनल प्रवेश गरेको थियो।

तेस्रो पटकको भेट झापा गोल्डकपको सेमिफाइनलमा भएको थियो। उक्त खेलमा पनि आर्मीसँग मनाङ १–० ले पराजित भएको थियो। दुई टोलीबीच यसअघिको अन्तिम भेट तिलोतमा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि भएको थियो। जसमा आर्मी ३–० ले पराजित बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.