|

काठमाडौं : २०७२ साल बैशाखको विनाशकारी भूकम्पपछि नेपालमा भएको अध्ययन तथा अनुसन्धानको अनुभव आदानप्रदानका लागि एक दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ।

गोरखा भूकम्पको सम्झनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको खानी तथा भूगर्भ विभागको आयोजनामा अन्तर्राष्ट्रिय कार्यशाला सुरु भएको हो। कार्यशलामा नेपालमा भूम्पिय जोखिम, बच्ने उपाय लगायत विषयमा छलफल हुने विभागकका महानिर्देशक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

उनले भने,‘गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा अन्य संगठन जो नेपालको हमिाली क्षेत्रमा बसेर गरेको अध्ययनहरुको अनुभव आदानप्रदान र भूकम्पबाट हुने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा कुरा हुन्छ।’ 

नेपाल भूकम्पिय जोखिमका आधारमा विश्वमा  ११ औँ जोखिम देशका रूपमा पर्छ। उनले भने,‘नेपालमा जुनसुकै बेला पनि ठूला भूकम्प आउँछन्। यद्यपी ठूलो भूकम्प आउँदा त्यसको जोखिमबाट हामी कसरी बच्ने भन्ने विषय मुख्य हो। त्यसकारण हाम्रो उद्देश्य ठूला भूकम्प आउँदा कुन ठाउँमा त्यसको असर बढी हुनसक्छ भन्ने पत्ता लगाउने र जोखिम कम गर्ने नै हो।’ 

कार्यशालामा नेपाल, फ्रान्स, जापान अमेरिकालगायत देशका वैज्ञानिक, प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूकम्पसँग जोडिएको व्यक्तिहरु सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.