|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाले हाते ट्र्याक्टर कृषकलाई वितरण गरेको छ। नगरभित्रका व्यावसायिक कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्र्याक्टर वितरण गरिएको हो।

नगरपालिकाभित्रका ११ वटै वडाका किसानहरूलाई लक्षित गरेर ३२ वटा ट्रयाक्टर वितरण गरिएको उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताइन्। कृषकले आफैँ ट्र्याक्टर  खरिद गर्दा महँगो पर्ने भएकाले पनि कृषकलाई सहुलियत दिन नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको उपप्रमुख श्रेष्ठको भनाइ छ। 

दुई महिनाअघि १७ वटा वितरण भएको र पुन: कृषकहरूको निवेदन परेकाले अहिले पनि ३२ वटा वितरण गरिएको नगर कृषि प्रचार अधिकृत रामबहादुर ठाकुरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.