|

काठमाडौं : सरकारले हवाइ यात्रुको बिमा बढाउने 'मन्ट्रेयल कन्भेन्सन'लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ।

संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो।  नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाएपनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि  एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरैमात्र बिमाको रकम पाउँदै आएका छन्।

संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन्। हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ। ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ। तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ। 

‘हाम्राे ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने। अब बस्ने संसदमै यो विषयको अनुमोदन हुने दाबीसमेत मन्त्रीअधिकारीले गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.