'यात्रुको पनि भगवान बनेको छु'

|

काठमाडौं: शुक्रबार यातायात व्यवसायीहरूको हडतालले देशभरका यात्रु निकै सास्ती खपे। लाखौँ यात्रु बोक्नका लागि चलेका केही गाडीमा सर्वसाधरण झुण्डिएरै पनि यात्रा गरे।

आमसर्वसाधरणले व्यवसायीको हडताल भने पनि व्यवसायीको आन्दोलनको स्वरुप भने बेग्लै थियो। सरकारले लिएको निर्णयबाट व्यवसाय सञ्‍चालन गर्न सकिँदैन भन्ने महसुस गराउन आफ्ना गाडी घरबाट ननिकाल्ने अभियान उनीहरूको थियो।

उनीहरूले १६ दिनअघि यो कार्यक्रमको घोषणा गरेका थिए। सोहीअनुसार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध रहेका व्यवसायीहरूका सार्वजनिक गाडी सडकमा निकालिएन।

'हामीले हाम्रो व्यवसाय चलाउन सुरक्षा देखेनौँ लगानीको सुरक्षा भएन भनेर मात्रै सांकेतिक विरोध गरिएको हौँ,' महासंघका अध्‍यक्ष योगेन्द्र कर्मचार्यले भने। सारमा यातायात व्यवसायीहरूले यसअघि गर्दै आएको सिन्डेकेटलाई निरन्तरता दिने अभियान पुग्ने गरी नीति आउनुपर्ने बताएका छन्। सरकार जसरी पनि सिन्डिकेट तोड्नको लागि कार्यविधि बनाएर अघि बढेको छ।

शुक्रबाट गाडी नचलाएपछि यात्रुले सास्ती पाउने र यात्रुको दबाबमा सरकारले आफ्नो पक्षमा निर्णय लिने योजना यातायात व्यवसायीको छ। तर, यात्रुले सरकारी कदमलाई सफल पार्नको लागि केही दिन दुख पाउन तयार रहेको प्रतिक्रया दिएका छन्। अर्थात् यात्रु सरकारको पक्षमा देखिएका छन्।

काठमाडौंमा चलेका साझा, मयूरलगायतका केही ठूला गाडी र टेम्पुमा चढ्नको लागि सर्वसाधारणको लाइन थियो। तर, सर्वसाधारण अधैर्य बनेका थिएनन्। 'झुण्डिएरै यात्रा गर्दा पनि केहीजस्तै लागेको छैन, यही हो सरकारको अभियानमा हाम्रो साथ,' बानेश्‍वमा टेम्पो चढ्नको लागि लाइनमा देखिएका निर्मल केसी थाहाखबरसँग भने। उनले यातायात क्षेत्रको दादागिरी देखेर सरकार सधैँ निरीह बनेको महसुस हुने गरकोमा अहिलेको कदम सराहनीए भएको बताए।

निरक मात्रै होइन त्यही टेम्पोमा रहेकी विनिता श्रेष्ठले पनि सरकारले चालेको कदमबाट खुसी लागेको बताइन्,  'हामीले कहिले सहज यात्रा गर्न पाएको हो र अब सहज गराउनको लागि बरु सरकारले काम सुरु गरेको छ खुसी लागेको छ,' श्रेष्ठले भनिन्।

कतै रित्तो गाडी कतै झुण्डिएरै ताली

'अझै अट्छ गुरु पर्खनुस् पर्खनुस्' बानेश्‍वरमा साझा यातायामा झुण्डिएर यात्रा गर्ने क्रममा रहेका एक यात्रुले एउटा खुट्टा बाहिर राखेर अर्को खुट्टा राख्न अर्को यात्रुलाई भने। गाडीभित्र कसरी धेरै मान्छे अटाउने गरी व्यवस्थापन गर्न सकिन्छ भनेर यात्रु स्वयं लागेका थिए। भिडभाड भएकोमा उनीहरूको आवेग थिएन बरु व्यवस्थापनमा सहयोग गरेका थिए।

साझामा मात्रै होइन मयूर र टेम्पुमा समेत यसैगरी यात्रुले यात्रा गरेका थिए।  बानेस्वर वारिपट्टि ठाउँ नभएर यात्रुले खुट्टा झुण्डाएरै यात्रा गर्दा पारि केही गाडी भने रित्तो चलिरहेका थिए। रुट परिचय ढाकिएको थियो।

यातायात व्यवस्था विभागले शुक्रबार ग्यारेजमा रहने गाडीलाई रुट परमिट नै नदिने चेतावनी दिएपछि केही व्यवसायीले खाली गाडी सडकमा हिँडाइरहेको पाइयो।

यात्रु भेटिएसम्म गाडी चलाइरहन्छु: चालक

भगवान् न्यौपाने मयूर यातायातको बानेपा काठमाडौं रुटमा गाडी चलाउँछन्। उनी शुक्रबार एकछिन पनि नबसी गाडी चलाइरहेका छन्। मयूर यातायातलाई रुट परमिट दिएको विरोध व्यवसायीले गरेपछि नै सिन्डिकेटको पक्ष विपक्षमा आन्दोलनको सुरुवात भएको थियो। उनले त्यही सम्झेर पनि शुक्रबार जति सक्यो छिटो गाडी चलाउने र यात्रुलाई छिटो गन्तव्यमा पुर्‍याएर पछिका यात्रुलाई लिन जाने गरी काम गरेको बताए।

उनले हिजो अस्ति बिहानदेखि बेलुकासम्म तीनपटक बनेपा काठमाडौं ओहोरदोहोर गर्ने शुक्रबार चारबजेसम्म उनले चारपटक बनेपा-काठमाडौं गरेका छन् रातिसम्म थप चार पटक काठमाडौं-बनेपा पुग्ने सोचमा उनी छन्।

गाडी नहुँदा यात्रुले सास्ती पाएका छन् त्यसैले पनि हामी कम गाडीबाट पनि सक्दो सेवा दिऊँ भनेर लागेका छौँ,' न्यौपानेले भने गाडीमा जतिसम्म अटाउन सकिन्छ त्यती चढ्नुभएको छ हामीले कुदाएको कुदाइ छौँ।'

गाडी चलाएकोमा बनेपातिर केही डर त्रास देखाउन खोजिएको समेत उनले बताए। 'यहाँ मात्रै किन हो गाउँ-गाउँमा लैजानुस् न तपाईंको गाडी भने, अहिले यहाँ चलाएको हो पछि गाउँमा पनि लैजान्छौँ मैले भनेँ,' ती चालकले भने। उनले बेलुका यात्रु पाइनेबेलासम्म गाडी चलाइरहेने बताए। उनले आफ्‍नो नाम भगवान् भएको र यात्रुका लागि भगवानले जस्तै काम गर्ने सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.