|

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्यको हत्या प्रकरणमा संलग्न थप एक जना प्रहरी हवल्दारलाई सम्पर्कमा आएका छन्। चितवन जगतपुर–७ घर भएका प्रहरी हवल्दार अमरवहादुर थापा शुक्रबार साँझ मोरङ प्रहरीको सम्पर्कमा आएका हुन्।

प्रहरीको सम्पर्कमा आएका थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउने तयारी रहेको छ। थापा प्रहरी नियन्त्रणमा आएसँगै मोरङ प्रहरीको न्यायिक हिरासतमा २९ जना रहेका छन् भने मुख्य गिरोह चुँडामणि उप्रेती गोरे, एससपी श्याम खत्रीसहित ३३ जना फरार छन्। 

प्रहरीले पक्राउ गरेका २९ जनासहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मोरङमा गत बुधबार ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो। 

मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि अभियुक्तको बयान सुरु भएको थियो । पहिलो दिन ६ जना अभियुक्तहरुको बयान सुरु भएकोमा शुक्रबारसम्म पाँच जनाको मात्र बयान पूरा भएको छ। बाँकी रहेको अभियुक्त टेकराज मल्ल ठकुरीको आइतबार हुने मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए। 

अभियुक्त ठकुरीको बयान सकिएपछि अन्य पाँच जना अभियुक्तको बयान हुने बताइएको छ। यसअघि मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको स्रेस्तेदार दुलालले जानकारी दिए।

गोरेसहित अझै ३३ फरार

बहुचर्चित साढे ३३ किलो अवैध सुन र शाक्य हत्या  प्रकरणको मुख्य नाइके भनिएका चुँडामणी उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादु खत्रीसहित ३३ जना अझै फरार छन्। 

प्रहरीका अनुसार फरार हुनेमा धरान घर भई काठमाडौंमा गोल्ड सिल्भर प्यालेस सञ्चालन गर्दै आएका सुनिल श्रेष्ठ, भोजपुर दिङ्ला घर भई काठमाडौं बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनवर्षी नगरपालिका– ६ का अर्जुनप्रसाद खरेल, पर्वत पैयू गाउँपालिका–७ का रोशन भन्ने गुप्तलाल भुषाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिकाका–२१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ का सञ्जय अधिकारी र समिर अधिकारी फरार छन् ।

त्यस्तै, धनकुटा घर भई काठमाडौं बस्दै आएकी गीता श्रेष्ठ, गोरेकी श्रीमती मोरङ उर्लाबारीकी नर्बदा खरेल उप्रेती, मोरङ कानेपोखरी–४ का माधव आचार्य, मोरङ सुन्दरहरैंचाका ओमप्रकाश नेवार, सुनसरी धरानका सुनिलकुमार अग्रवाल, झापा शिवसत्तासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, उर्लाबारी नगरपालिका–७ घर भई काठमाडौं बस्दै आएका रमेश उप्रेती, काठमाडौंमा बाजेको सेकुवा पसल सञ्चालन गर्दै आएका चेतन भन्ने चेतनाथ भण्डारी फरार रहेका छन्।

त्यसैगरी, काठमाडौं वानेश्वरका प्रमोदकुमार श्रेष्ठ, इटहरी–६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथान चोक गाउँपालिकाका हरिसरण खडका, बाग्लुङ काठेखोला गाउँपालिका–७ का कमल कार्की, काठमाडौं–१६ का मणिराज चौलागाई, सिन्धुपाल्चोक सुन्दरी गाउँपालिका–१ का शिवकुमार गुभाजु, हेटौडा उपमहानगरपालिका–४ का सुरेन्द्र गौतम, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भविन तामाङ, काठमाडौ महानगर–२९ बस्ने एम के भन्ने मोहनकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका–४ का छिरिङ वाङगेल घले फरार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.