काठमाडौं : सबै नेपालीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने सरकारको अभियान अन्योलमा परेको छ। स्वास्थ्य अवस्था कमजोर भएका बिरामीको बिमा सरकार आफैंले गर्ने भनिए पनि अर्थ मन्त्रालयले नियमावली रोकेका कारण कसरी अगाडि बढ्ने भन्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलमलमा देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा गम्भीर समस्या भएका र आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य बिमा सरकार आफैंले गर्ने निर्णयसहितको नियमावली तयार गरेर अर्थ मन्त्रालयमा दुई महिनाअगाडि पठाएको थियो। तर, नियमावलीबारे अर्थ मन्त्रालयले आवश्यक राय नदिँदा स्वास्थ्यमा गम्भीर समस्या भएका बिरामीदेखि गरिब र सरकारी कर्मचारीको बिमा अभियान अन्योलमा परेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निमित्त निर्देशक डा. भुवन पौडेलले बताए।
लामो समयदेखि नियमावली रोकिएका कारण सरकारी सेवामा आबद्ध भएका र वैदेशिक रोजगारीमा जाने कामदारको समेत स्वास्थ्य बिमा रोकिएको छ। सरकारी कर्मचारी र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य बिमा अनिवार्य गर्ने सरकारी निर्णयअनुसार नियमावली तयार गरेर अर्थ मन्त्रालयमा पठाइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।