|

काठमाडौं : सूचना तथा सञ्चार प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले राम्रो काम गर्नका निम्ति हजार पटक बदनाम हुन पनि तयार रहेको बताएका छन्। नेपाल पत्रकार महासंघको उपत्यका, प्रतिस्ठान, एशोसियट प्रदेश कमिटीमा निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले त्यस्तो बताए।
‘सके राम्रो गर्छु नसके नराम्रो पनि गर्दिन। राम्रो गर्नका निम्ति हजार चोटि पछारिए पनि पछारिन्छु, बदनाम हुनुपरे पनि तयार छु,’ उनले भने।

खामबाट तलब बुझ्ने प्रवृत्तिको अन्त्य गरेर सबै बैंकिङ सिस्टम लागु गर्ने बताउदै मन्त्री बबास्कोटाले देश समृद्ध बन्दा मात्रै मिडिया समृद्ध हुन सक्ने बताए।  मिडियाकर्मीले विज्ञापन प्राधिकरणको कुरा उठाइरहनुभएको भन्दै त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सोचिरहेको बताए। 

जेष्ठ पत्रकार कल्याणकारी कोष बनाउने सोच रहेको उनले बताए।  सञ्चार क्षेत्रको विकासका लागि के गर्न सकिन्छ आफू सधैं सकारात्मक रहेको भन्दै मुलुक समृद्ध बनाउन सुशासन अनिवार्य भएको बास्कोटाले बताए। ‘सुशासन ल्याउन मिडियाको भूमिका महत्त्वपूर्ण छ। तपाइहरुले आग्रह पूर्वाग्रह भन्दा पनि भ्रष्टाचार कहाँ छ ? सुशासन कसरी ल्याउने भन्नेमा भूमिका खेल्नुपर्यो,’ उनले भने, ‘देशको सम्पत्ति बेचेर खानेहरु, कमिसन खोरीहरु कसैलाई पनि छाड्न हुदैन। बेथितिको विरुद्ध सुशासन ल्याउन व्यापक आन्दोलन चलाउनुपर्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.