|

दाङ : देउखुरीमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। गढवा गाउँपालिका- १ जेठान गाउँ निवासी १८ वर्षीय मनीष थारू कुमालको सोमबार घरको छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। 

राती सुतेको समयमा कुमाल एक्कासि उठेर हिँड्ने क्रममा घरको छतबाट खसेको बताइएको छ। कुमाल निद्रामै हिँडेको हुन सक्ने अनुमान गरिएको छ। लमही अस्पतालमा पोष्टमार्टमपश्चात उनको शव आफन्तको जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.